हामी कस्तो पुस्ता तयार गर्दै छौ ?

आजकाल धेरै अबिभावक को गुनासो हुन्छ मेरो छोरा छोरि पढ्न भन्दा अरु नै कुरामा ध्यान बढी दिन्छ। हातमा मोबाइल , ल्यापटप या कम्पुटर  भयो भने बोलाएको समय मा खाना खान सम्म पनि आउदैनन , पढ्ने कुरा त परै जाओस ! अहिलेका किशोर किशोरी हरु प्रबिधी सङ्ग मस्त छन । साथी सङ्गि सङ्ग ब्यस्त छन । यसरि पाठ्यपुस्तक र अरु पारिवारिक सामाजिक सम्बन्ध हरु बाट टाढा छन । यो अहिलेको आम सरोकार र चिन्ताको बिषय  हो ।प्रबिधिमैत्री बन्नु, नया कुरा हरुको प्रती चाख बढ्नु, सुचना मा अभ्यस्त हुनु र प्रबिधी को प्रयोग बाट आफ्नो ज्ञान को दायरा लाई फराकिलो पार्न सक्दा का फाइदा हरु लाई नजरअन्दाज गर्न त सकिदैन तर मनलाग्दो ढंग बाट गरिएको प्रयोग सङ्गै आउने बिकृति  र समय को खर्च लाई ध्यान दिनु पनि आबश्यक छ।
आम शिक्षक हरु खासगरी उच्च माध्यमिक बिधालय मा पढाउनेहरु को गुनासो आफ्नै ठाउँ मा छ । बिद्यार्थी हरु आफ्नो तर्फ बाट अत्यन्त कम मेहेनत गर्छन । घरमा अध्ययनमा समय दिदैनन। दिएको काम जेनतेन लेखेर ल्याउछ्न त्यस बाहेक उनिहरु पढाइमा गम्भीर छैनन। कारण उनिहरु बिधालयदेखिनै शिक्षक प्रति अत्यन्त निर्भर छन । उनीहरु एक प्रकारका रोबोट जस्ता भएका छन ! उनिहरुको सिर्जनात्मकता मर्दै गैरहेको छ।
बिश्वबिद्धालय मा जब ती बिद्यार्थी प्रबेश गर्छन । तिनलाइ आकासमा उडिरहेको चरा जस्तो अनुभूत हुन्छ। पढाइ प्राथमिकता मा अत्यन्त कम पर्छ । होम वर्क र नियमित परिक्षा सम्म दिनु नपर्ने हुदा अधिकाम्स सरकारी क्याम्पस मा पढ्नेहरु को लागि पढाइ एक औपचारिकतामा सिमित हुन पुग्छ। जसको प्रमुख ध्येय परिक्षा पास गर्नुमा सिमित हुन्छ।
यस्तो चक्र बाट  `ग्राडुएट´  हुने बिद्यार्थीको करियर के हुने होला? श्रम बजार मा उसको व्यावसायिकता कस्तो हुने होला? भोलि उसलाइ आइ लाग्ने व्यावसायिक या ब्यापारिक या सरकारि/गैर सरकारी जिम्मेवारीको बहन कसरी गर्ला? सामान्यत हामी अहिलेको हाम्रो सामाजिक परिवेशमा आधारित शिक्षा पद्धतिबाट औसत भन्दा तलको शिक्षित जनशक्तिको निर्माण गरिरहेका छौ । जसले हामिलाइ उही स्तरको परिणाम दिइराखेको छ। राजनिती, ब्युरोक्रेसी, एकाडेमी या अन्य क्षेत्र तिर भोलि यहि अवस्था बाट उत्पादन हुने जनशक्ती ले निकाल्ने आउट पुट मा पनि तात्विक अन्तर देखिने छैन ।
अब यो अवस्था को अन्त्य कसरी गर्ने? बच्चालाइ आफ्नो रुचिको बिशय मा सानै देखि कसरि लाग्न प्रेरित गर्ने? उसमा रहेको निहित क्षमता लाइ कसरी बिकास गर्न दिने? घरायसी बाताबरण कस्तो बनाइदिने? कस्तो सामाजिक सम्बन्धमा उसलाइ हुर्कन दिने? अध्ययन बोझपुर्ण काम होइन यो बाल बिकास सङ्गै आबश्यक एक मनोरञ्जन सहित को सिकाइको भान कसरी पार्ने? कसरी बच्चालाई सानै देखि अध्ययन मा रुचि राख्ने बनाउने? अभिभावक , बिधालय को भुमिका के रहने? सिकाइ / शिक्षण विधि मा कस्तो खालको परिमार्जन गर्ने ? परिक्षा र पाठ्यसामग्रीमा कस्तो परिवर्तन गर्ने ? र हामिलाइ आबश्यक दक्ष , नैतिकवान, प्रोफेसनल ( निएर्लि प्रफेक्ट) , समाज प्रती उत्तरदायि पुस्ता निर्माण गर्ने भन्ने बहस शुरु गर्नु आबश्यक छ। अर्को संस्करण मा यी समाधान का बिशय माथी लेख्ने छु।

Comments

Popular posts from this blog

भुकम्प ले नहल्लिएका मन हरु !

Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1

Letter to SEE Appeared Students !