भुकम्प ले नहल्लिएका मन हरु !
http://setopati.com/blog/
कस्तो असमान कम्पन ! कस्तो
असमान हल्लाइ! सायद
यसपालि को भुकम्प
अलिक पुर्बाग्रहि त
भएन?या
कसैले पिएका थिए
कम्पन प्रतिरोधि दबाइ
!अथवा पुस्तौ देखि
पीइएको खुन र
पसिना बास्तबमै आनुबम्शिक
त भएन
जसले बनायो तिनका
जिन हरु लाइ
भुकम्प प्रतिरोधि। या ति
मन हरु पहिले
देखि नै डा.
सिटौला नाम का
ज्योतिश का भगत
थिए? प्रश्न बास्तबमै
गम्भिर छ्न त्यत्तिकै
काल्पनिक पनि।
आज मानिसहरु यस्तै त्यस्तै
कुरा हरु मनन
गर्दै छ्न किनकि
हाम्रो समाज मा
समयक्रममा यतिधेरै पात्र हरु
सिर्जना भए
जो कानुन भन्दा
माथि, सामान्य नागरिक
भन्दा माथि तिनै
नागरिक हरुको स्रोत माथि
को दोहन मा
यत्र तत्र बिराज
मान गर्दै त्जसको अन्त्य दुर्घटना
या प्रकोप बाहेक
अन्यथा सम्भब थिएन। बिडम्बना
यसपालिको भुकम्प अलि पुर्बाग्रहि
बनेर आइदियो र
ति सबै शकुसल
रहे।
परापुर्बकाल
देखि भाज्ञ्ा बाद(
fatalism) मा अभ्यस्त
नेपालि समाज दुर्जन
हरुको अन्त्य समय
क्रम मा आफै
कुनै न कुनै
रुपमा अबश्य हुन्छ
भन्ने कुरामा बिश्वस्त
भएरै हुनुपर्छ
आफुमा बलियो शहनशिलता
को बिकास गर्न
सफल भय र
त ति तमाम
पात्र हरुको डसाइ
को प्रबाह नगरि
बसे। तर बिडम्बना
यसपालिको भुकम्पले जन हरुको
बिश्वास लाइ हल्लाइदियो,
डग्मगाइडियो तर ति
आडम्बरिहरु को भुत्ला
सम्म पनि हल्लाउन
सकेन। त्यसैले यो
बिपत असमान भो
जसरि भै राखेको
थियो राज्य।
कस्तो बिडम्बना!
धरहरा ढल्दा सयौ लोकका
सपना धुमिल भए तर
जिर्ण धरहरा मा
ब्यापार को सपना
फुलाउने महानगर का न
कुनै हाकिम पुरिए
न फाइल सदर
गर्ने मन्त्रालय का
कुनै पदाधिकरि पुरिए।
जिबन भर को
पसिनाले बनेका घरहरु ढले
सङ्गै जिबन ढले
तर तिनै जन
हरुको नक्सा पास
बापत को घुश
ले बनेका महल
हरु चर्किएनन मात्र
तिनका शो केस
हरु ढले र
फुटे बिदेशि मदिरा।
कस्तो असमान भुइचालो
!
सिन्हदरबार
चर्कियो। भित्तामा सजाइएका हरिण,
अर्ना, निल गाइ
का सिङहरु असरल्ल
भए। लहरै
खुन्डाइएका २१ थान
प्रजातान्त्रिक प्रधानमन्त्रि का तस्बिर
हरु भुइमा बजारिए।
एकाध बाहेक सबै
फ्रेम हरु चकनाचुर
भए र सिसा का
कण हरु अन्धाधुन्द
गडिए तिनका फोटो
भित्र। तर बिडम्बना
तिनका आबास हरु
चर्किएनन न हल्लिए
तिनका मन हरु।
मर्ने हरु त
मरेकै थिए तर
ति जिउदा हरू
का कपाल सम्म
हल्लिएनन दिमाग त परको
कुरा!धन्न बाबुराम
भट्टराइ ,अर्को दिनको पराकम्पन
को असर हुनु
पर्छ साएद, एका
एक अर्को चुनाब
झल्यास्स सम्झिएछ्न क्यारे ससुरालि
को भत्केको घर
देखि गोरखा का
भत्किएका घर सम्म
पुग्न भ्याए र
फेसबुक ट्विटर मार्फत आफु
जिउदै रहेको जनाउ
समयमै पुर्याउन भ्याए।
अदालत भत्किए। न्यायका ब्यापारि
हरु सकुशल नै
रहे न भत्किए
तिनका घर। दराज
मात्र पल्टिए र
केहि थान किताब
हरु भुइमा झरे।
बिशेस अदालत तिर
का त झन
बिशेश नै भएर होला
कम्पन धरि महुशुस
गर्न पाएनन अरे
सायद अचाक्लि बलिया
थिए तिनका घर्।
पुल भत्किए। सडक चिरिए।तर
ति ठेकेदार हरु
शकुशल नै रहे
जसले हालेका थिए
४ इन्च को
पिच र त्यसलाइ
१० इन्च को
भनि सदर गर्ने
इण्जिनियर पनि सकुशल
रहे सायद तिनेको
बिबेक र धन
को सम्मिश्रण अत्यन्तै
राम्रो परेको थियो मात्र
तिनका घरमा!
पुलिस चौकि भत्किए।
सिपाहि मरे। कम्पन
ले छोएन घुस्याहा
अफिसर। जेल भत्किदा
कति कैदि थिचिए
कति भागे तर
शोभराज हरु जिउदै
रहे। तस्कर हरु
हाम्फाले बिचरा साहु लाइ
पैसा चुक्ता गर्न
नसकेर जेल पसेका
मानबिर हरु मरे।
बिश्वबिध्यालय
भत्कियो। त्यहि बिराजमान कुलपति,
उपकुलपति लगायत जम्मै बचे।
तिनका घर हरु
चर्किएनन। घोटाला का कागजात
हरु पुरिएको रिपोर्ट
बनाउन तल्लिन रहे
अर्को दिन। अब
तिनि हरु कहिले
अख्तियार जानुपर्ने छ्ैन।
यस्ता हजारौ कथा बने।
कमिला सरि किचिएका
पहिचान बिहिन हरुको त
हिसाब किताब नै
रहेन। तर बाचेका
जन हरु अझै
बेचैन हुदैछ्न किनकि
मर्नु पर्ने हरु
जिउदै छ््न र
त सुन्दैछन त्रिपाल
मा घोटाला। र
त देख्दैछ्न जस्ता
मा कालोबजारि। छ्ोड्दैछ्न
राजधानि किनकि प्रत्येक महिना
भाडा बढाउने घरभेटि
को घर सग्लै
छ मात्र दोब्बर
भएको छ
भाडा अब। फेरि
देखिन थालेका छ्न
सत्ताको हिसाब नमिलेका खबर।
फेरि सुनिदैछ्न राज्य
बाड्नमा भाग नमिलेर
अर्थहिन बनिराखेका दिनहुका शिर्श
बैठक। किनकि ति
सबै शकुशल छ्न।
नाथे भुइचालो नहल्लाइ
गएको छ
तिनका मन हरु।
Comments
Post a Comment