Posts

Showing posts from May, 2015
Image
 मेरो देश मेरो देश कुनै जिबशात्रिको क्रुर प्रयोगशाला जस्तो नबनोस जहाँ चिरिन्छन सयौ मुसाहरु पिलाइन्छ थरी थरी को औषधी सयौ जिबन को अन्त्यपछी तयार गरिन्छ सोध र शुरु हुन्छ त्यही शोध को ब्यापार !
Image
घन्टाघर वरपर घुमेको सपना
Image
रोकियो समय ! आकाश पाताल जस्तै फरक थियो तिमी बाचेको र म बाचिरहेको समय तर अफसोच कतै टक्क रोकियो घडी र एउटै बनयो त्यो काल र यो पल । हो मेरो पुर्खा ! घडी रोकिनु भन्दा पहिला तिमिले खनेका खोरिया झाडी बने तिम्रा पाइतला ठोक्किएका ढुङ्गा गाउमा डोजर पस्दा पुरिए त्यो पारिको तारे भिर त्यो अक्करे डाडा जता कतै चिरिए पत्याउ या नपत्याउ तलको बहुलाहा खोलामा बाध हालियो खोइ के जादु चलाइयो झिलिमिली बत्ती बालियो गाउमा मोटर गुडे गाउँ- घर बने घर -डेरा बने कत्ती फेरिएको थियो है समय? कत्ती फेरिएका थिय है सम्बन्ध ? अलि अलि फेरिदै थिए मन हो पुर्खा ! शिरीष फुल्दै गरेको कुनै दिन मध्यान्ह बार नब्जदै धरहरा ढल्यो त्यही फेदमा क्यान्भास रङ्गाउदै गरेका शिल्पी हरु पुरिए तप तप चुहिएका रगत ले लत्पत्तिए ती अपुरा क्यान्भास मन्दिर ढले तर ती देब देबि मौन बसे र सुनिरहे चीत्कार त्यति नै बेला रोकियो सुइ घण्टाघरको हो पुर्खा त्यही बेला देखि एउटै बन्यो तिमी बाचेको र म बाचिरहेको समय ।# सम्पुर्ण नेपाली हरुको प्रकृति बिपद सङ्ग जुध्ने साहस प्रती समर्पित !