सर्जरी गर्ने हो मन्त्री ज्यु?

दृश्य १: १२ बर्श अगाडि त्री-चन्द्र क्याम्पस बाट छुट्टिएको मेरो `आइएस्सी मेट´  केही दिन पहिले मलाइ भेट्न त्री-चन्द्र आएको थियो। क्याम्पस को रशायनसास्त्र प्रयोगशाला मा म `ड्युटि´ मै रहेको बेला अकस्मात छिरेको मित्र म सङ्ग को भेट बाट उत्साहित थिएन । ल्याब का कोठा, छरिएका केमिकल , यत्र तत्र फोहोर ! उसको नजर चुहिरहेको धारो पट्टि जान्छ। खिम यो धारो हामी पड्दा नि यस्तै थिएन र ? फ्लास्ब्याक मा म सम्झन्छु उहि चुहिने धारो, उस्तै रशायन को गन्ध, उस्तै टेबल, उस्तै कुर्सी र उस्तै उस्तै लाग्ने प्राध्यापक अनि कर्मचारी । कुरा १२ बर्श पहिले को थियो । सामुन्ने बर्तमान थियो तर भुत भन्दा पनि जर्जर र नाजुक । यार खिम हामी पड्दा भन्दा पनि बिग्रीएछ त यहाको भौतिक रुप ! पढाइ चाहि कस्तो छ नि ? यु क्यान इमाजिन युर्सेल्फ मित्र ! मेरो जबाफ थियो। बार्ह बर्शमा खोलो त फर्कन्छ भन्थे यहाँ त बगर पनि मेटिन लागेछ यार ।  नेपाल को सबै भन्दा पुरानो शैक्षिक सन्स्था जसले हाल्सालै आफ्नो ९९ सय बार्शिक उत्सब मनायो यो त्यहाँको सन्दर्भ थियो।
दृश्य २: खिम मेरो दाइ को एउटा पेपर नकटेर हैरान भो । यसो बल्खु मा सेटिङ्ग हान्न सकिँदन यार ? मेरो मित्र को फोन थियो । धत के भन्छ हो ? त्री बि को परिक्षा को आफ्नै मर्यादा छ नि । नचाहिने कुराको लागि मलाइ कल नगर प्लिज ! बुझ न हुन्छ भन्छ्न । सेन्टर मै मिलाउन सकिने रैछ त्यहा थाहा भएन । जसरी गर्नु थियो के गर्ने होला । म झसङग हुन्छु होइन मान्छे ले कति अबिश्वास गर्न सकेका बिश्वबिद्धालय लाई । कसरी यस्तो सन्देह मा पुग्यो त्रिभुवन विश्वबिधालय?
दृश्य ३: हालसाल नया सम्बन्धन को लागि अनुगमन गयो त्रीबी टोलि । एक जना कलेज सन्चालक सङ्ग कुरा भो । के हेर्यो हो दाजु टोलि ले । भाइ बेलुका एउटा भोज गर्देको कि कागज त्यही बाट भरेर पो लगे त । होइन कस्तो खाल्को मान्छे पो पठाएछ बा । एउटा ले त आधा बोटल बचेको रेड लेबल पनि झोलामै बोकेर गयो हो ।हाम्रा प्राध्यापक हरुको दर्दनाक अवस्था को बयान थियो निजि कलेज सन्चालक दाइ हरुको मुखारबिन्द बाट ! हैट पेशागत मर्यादा र पेशा प्रती को सम्मान नगर्ने प्राध्यापक ज्यु हरु को जमात को एक पात्र आफु नै हु भन्दा भएको ग्लानी बोध !
दृश्य ४: एकजना मित्र कुनै बिबि बाट सम्बन्धन को खोजिमा थियो । सेटिङ्ग हान्दा हान्दा थकित मीत्र भन्दै थियो अब यो खुद्रा सेटिङ्ग भन्दा होल सेल नै हान्नु पर्ने भो । म सोध्छु के हो यो होलसेल ? भिसी सिसि नै आफै बनाउने नि :( अरे तिमी कसरी बनाउछ? होइन मतलब बनाउन लबि गर्ने , पात्र छनोट देखि आबश्यक सामाग्री को जोहो आफै गर्ने । त्यसो भए मलाइ भिसी बनाउ यार । होइन तिम्लाइ चाहि मिल्दैन ।खासमा मैले मजाक मा उडाएको कुरा निकै गम्भीर पो रैछ।
यि सामान्य उदाहरण लेख्न मिल्ने नै लागेर लेखियो। आफै ले काम गर्ने संस्था प्रति को उत्तरदायित्व बहन भएर नै लेखियो ।त्यस्तो मा नि के काम गर्या नि छोडे भैहालो भन्ने मित्र हरु लाई पनि सम्मान नै छ। यो लेखाइ पनि सुधार कै एक सुरुवात नै हो । मन्त्री ज्यु सुधार को लागि मेडिसिन भन्दा अप्रेसन नै हान्नु पर्ने छ। यतै बाट हान्न्ने कि :):)

Comments

Popular posts from this blog

बुडापेस्ट कि सेट्ला@1

माफिया, मार्सी र केसि !

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?