Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1: उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भन...
उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भनेकी थिइ आइ अम सेट्ला फ्रम हङ्गेरी ! मैले उसको भुगोल प्रती थप उत्सुकता जनाउन सामाजिक बिशय घोकेका राजधानीहरु को स्मरण गर्दै भनेको थिए आइ सि आइ सी ,आर यु फ्रम बुडापेस्ट ? मेरो झटारो सहि ठाउमा लागेको मा मख्ख हुनै नपाउदी दुखी बनेको थिए जब उसले भनेकी थिइ ,नेपाल? सरि आइ ड्न्ट नो अबाउट योअर कन्ट्री । कम्तिमा सगरमाथा को देश भनेर त चिन्छ्न मेरो देश भन्ने मेरो घमण्डता ले हाबा खाएको थियो पहिलोपल्ट ! क्रीश्मस ट्री ले सझिएको पार्टी हल रङ्गिन बत्तिहरु ले झकमक्क थियो। सबै जसो जोडिहरु हातमा वाइन को ग्लास बोकेर मधुरो म्युजिक को तालमा आफ्नै शुरमा कम्मर मर्काउदै थिए ।म भने कुनै एउटा कुनो को खोजिमा थिए जहाँ बसेर आन्न्दले पिउन पाइयोस ।मान्छे सङ्ग को परिचय र फेरि मेरो देशको बारे सोधिने हिमाल र गौतम बुद्दको बारे अल्पज्ञानको बडाइ चडाइ बखान गर्नु आफैमा अरुचिकर लागिरहेको थियो। केही भारतिय अनुहारका मान्छेहरुको टेबल लाइ क्रस गर्दै पुछारको टेबुलमा पाइला चाल्दै गर्दा ...
नेपाल मा अहिले प्रचलित तीन वटा शब्द छन् - माफिया ,मार्सी र केसि । बिम्बात्मक हिसाबले भन्ने हो भने तीन वटै अत्यन्त जबर्जस्त छन् । बलिया छन् । र जिद्दी छन् । माफिया भन्ने बित्तिकै इटाली सम्झना हुन्छ। संगठित अपराध को समूह लाई माफिया भनिन्छ। इटालिमा सिसिलिअन माफिया को नाम बाट यो शब्द प्रयोग भएको पाइन्छ । अहिले सुन्नमा परिचीत माफिया हरुमा - जापनिज माफिया, अमेरिकन माफीया, मेक्सिकन माफिया र नेपाल मा चाहि मेडिकल माफिया ! मार्सी धान चाहिँ पहाडतिर घर हुने सबैले सुनेकै नाम हो। यो नेपालमा पाइने एक पुरानो प्रजाती को धान हो।स्वाद त्यति मीठो नभए पनि अडिलो हुने र ढिलो पाचन हुने कारण गाउँ घर तिर कडा शारिरिक श्रम गर्ने बेलातिर यसको भात पाक्ने गर्छ। यो पनि अरु चामल भन्दा कडै पर्यो। र अहिले नेपाल मा चर्चा मा छ यो जब एक महानुभाबले दुई ठुला नेता सङ्गै बसेर लन्च गरेको फोटो सार्बजनिक गर्नुभो । मानिसले अड्कल लगाए कि यो मार्शी धानको भात सहित को भोजन हो भन्ने ।त्यसपछी यो चर्चामा आउन शुरु भो र अहिले बजारमा यसको निकै माग बढेको छ भन्ने सुनिन्छ। कुरा आयो केसि को । केसि थर का एक डाक्टर छन् । मुलुकमा उनलाइ नचिन्ने ...
आजकाल धेरै अबिभावक को गुनासो हुन्छ मेरो छोरा छोरि पढ्न भन्दा अरु नै कुरामा ध्यान बढी दिन्छ। हातमा मोबाइल , ल्यापटप या कम्पुटर भयो भने बोलाएको समय मा खाना खान सम्म पनि आउदैनन , पढ्ने कुरा त परै जाओस ! अहिलेका किशोर किशोरी हरु प्रबिधी सङ्ग मस्त छन । साथी सङ्गि सङ्ग ब्यस्त छन । यसरि पाठ्यपुस्तक र अरु पारिवारिक सामाजिक सम्बन्ध हरु बाट टाढा छन । यो अहिलेको आम सरोकार र चिन्ताको बिषय हो ।प्रबिधिमैत्री बन्नु, नया कुरा हरुको प्रती चाख बढ्नु, सुचना मा अभ्यस्त हुनु र प्रबिधी को प्रयोग बाट आफ्नो ज्ञान को दायरा लाई फराकिलो पार्न सक्दा का फाइदा हरु लाई नजरअन्दाज गर्न त सकिदैन तर मनलाग्दो ढंग बाट गरिएको प्रयोग सङ्गै आउने बिकृति र समय को खर्च लाई ध्यान दिनु पनि आबश्यक छ। आम शिक्षक हरु खासगरी उच्च माध्यमिक बिधालय मा पढाउनेहरु को गुनासो आफ्नै ठाउँ मा छ । बिद्यार्थी हरु आफ्नो तर्फ बाट अत्यन्त कम मेहेनत गर्छन । घरमा अध्ययनमा समय दिदैनन। दिएको काम जेनतेन लेखेर ल्याउछ्न त्यस बाहेक उनिहरु पढाइमा गम्भीर छैनन। कारण उनिहरु बिधालयदेखिनै शिक्षक प्रति अत्यन्त निर्भर छन । उनीहरु एक प्रकारका रोबोट...
Comments
Post a Comment