बुडापेस्ट कि सेट्ला@1

उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भनेकी थिइ आइ अम सेट्ला फ्रम हङ्गेरी ! मैले उसको भुगोल प्रती थप उत्सुकता जनाउन सामाजिक बिशय घोकेका राजधानीहरु को स्मरण गर्दै भनेको थिए आइ सि आइ सी ,आर यु फ्रम बुडापेस्ट ? मेरो झटारो सहि ठाउमा लागेको मा मख्ख हुनै नपाउदी दुखी बनेको थिए जब उसले भनेकी थिइ ,नेपाल? सरि आइ ड्न्ट नो अबाउट योअर कन्ट्री ।
कम्तिमा सगरमाथा को देश भनेर त चिन्छ्न मेरो देश भन्ने मेरो घमण्डता ले हाबा खाएको थियो पहिलोपल्ट !
क्रीश्मस ट्री ले सझिएको पार्टी हल रङ्गिन बत्तिहरु ले झकमक्क थियो।
सबै जसो जोडिहरु हातमा वाइन को ग्लास बोकेर मधुरो म्युजिक को तालमा आफ्नै शुरमा कम्मर मर्काउदै थिए ।म भने कुनै एउटा कुनो को खोजिमा थिए जहाँ बसेर आन्न्दले पिउन पाइयोस ।मान्छे सङ्ग को परिचय र फेरि मेरो देशको बारे सोधिने हिमाल र गौतम बुद्दको बारे  अल्पज्ञानको बडाइ चडाइ बखान गर्नु आफैमा अरुचिकर लागिरहेको थियो। केही भारतिय अनुहारका मान्छेहरुको टेबल लाइ क्रस गर्दै पुछारको टेबुलमा पाइला चाल्दै गर्दा आखाहरु पुन सेट्लाको अनुहारमा ठोक्किएका थिय। नजिक पुग्दा हार्दिकतापुर्बक उसले टेबल शेयर गर्न राखेको प्रस्ताब अत्यन्तै आत्मीय थियो ।
रेड वाइन को चुश्की लगाउदै उसले मेरो काम बारे सोधेकी थिइ are you a post doctorate? आफू PhD. को खोजिमा भौतारीररहेको अबस्थामा उसको प्रश्नले अनुहार रातो बनाउदै आफू जुनियर रिसर्चर मात्र बताउन पर्दा अलिक बुडो नै भैएछ कि क्या हो भन्ने अनुभूति पुन जाग्रीत भएको थियो। बडो अरुचिपुर्ब उसको काम बारे सोधेको थिए ।हल्का चिम्रीएका गाला मुसुक्क तन्काउदै भनेकी थिइ आ अ्म सिन्थेटिक केमिस्ट! थप जान्ने उत्सुकता थियन र कुरा को बिट मार्न खोज्दै भने    ,ग्रेट । मलाइ उसको काम र अनुसन्धान को बिशय भन्दा पनि खुल्ला र आत्मिय व्यवहार ले प्रभावित बनायो ।अचम्म लाग्दै थियो यो मात्र जोडिबिहिन ? अझै सम्म उसको ब्वाइ फ्रेन्ड नभको त पक्कै नहोला ?कि बिहेबारी गरिवरी डिभोर्स हान्न सम्म भ्याइसकी ? या उसको केटा साथी अरु कुनै शहर या काममा भएर त आज एक्लै आएकी? यस्तै प्रश्न हरु मा घोत्लिदै पूरा ध्यान वाइन को ग्लासमा केन्द्रित गर्न खोजिरहेको थिए ।मलाइ क्रीश्मस सङ्ग कुनै सरोकार थिएन न त सेट्ला को ब्यक्तिगत बिबरण सङ्ग ।खासमा अघिल्लो दिन एकजना रसियन साथिले त्यो पार्टिमा कुनै शुल्क तिर्नु नपर्ने र मन लाग्दो मादक पदार्थ सेवन गर्न पाइने भनेकै कारण म त्यहाँ उपस्थित थिए। बाकी वाइन सिनित्त पारेर अर्को ग्लास को अर्डर माग्नै लाग्दा सेट्ला को प्र्श्न सोझियो ।वुल्ड यु लाइक टु टेस्ट रेड वाइन? मलाइ वाइन को कुनै फरकस्वादको बारे जानकरी थिएन ।बियर भने पछि टुबोर्ग, कार्ल्सबर्ग अथवा नेपाल आइस सबै एकै लाग्ने मध्येकै थिए ।बास्तबमा मदिरा को स्वादमा अभ्यस्त नभैसकेको सिकारु जो परियो। कुनै हतारो नगरी जबाफ फर्काए यश आइ लाइक रेड वाइन टु !अझ तेरो आग्रहमा रेड वाइन पिउन मलाइ कुनै आपत्ति छैन तर मलाइ white वाइन पर्छ ।यो मेरो जबाफ थियो। मधुरो प्रकाश मा गुन्जिएको पार्टी को रौनक थपिदै थियो जोडि हरु कम्मर मर्काउन थालिसकेका थिए ।कतै कुनामा ओठ जुदाउदै प्रेम साटिरहेका प्रेमी, ब्याकग्राउन्ड मा बजिरहेको क्रीस्मस सङग।जति जति ग्लास हरु ठोकिँदै जान्थे त्यति त्यति रौनकता थपिदै गएको आभास हुन्थ्यो। आइ वाना गो फर अ सिगरेट ,विल यु जोयन विद मि? मेरो एकाग्रता भङ्ग गर्दै सेट्ला को प्रश्न तेर्सियो ।सायद त्यतिबेला मैले मेरो गाउका समान उमेरका दिदिबहिनी र दाजु भाइ, लुकि लुकि तिनिहरुले साट्ने गरेका प्रेम या भनौ साझ पर्दा चौतारीमा भलाकुसारी गर्न सम्म पनि डराउनु पर्ने अबस्था को सम्झना गरे ।हुनत त्यो 15 बर्श अगाडि सम्म मैले देखेको गाउँको चित्र थियो ।सायद आजभोली त्यहाँ कुनै प्रेमपत्रहरु लेखिन्नन। जोडि हरु सहजै गाउँ वारपार गर्न सक्छन् ।तिनिहरु छलिन कुनै छेडो बाट एकान्त को बाटो रोज्दैनन  होला ।सुनेको छु गाउ ँधेरै परिबर्तन भएको छ। तर काठमान्डू कै पार्टी हरुमा पनि वाइन को ग्लास हातमा लिन डराउने महिला मित्रहरु देखेको छु अझ चुरोट हाक्काहाक्की खाने महिलाहरु भेट्नु त परको कुरा।सायद यिनैकुराहरु तरङगित हुँदै मेरो बेलाको गाउ ँसम्म पुर्याएको थियो।
एस्ट्रेमा चुरोटको धुलो झार्दै सोधेकी थिइ आर यु लिभिङ्ग अलोन? छक्क परे  किन मलाइ एक्लै बस्ने मानी त? नमिल्दो मेरो ड्रेस अप देखिएर या झटारो मात्र हानेकी? एक छिन गम खादै जबाफ फर्काए यश आइ अम अलोन एण्ड आइ लाइक टु बि?
आर यु डिवोर्स्ड? फेरि अर्को पट्यार्लाग्दो प्रश्न तेर्सियो ।झनक्क रिस उठ्यो। सामान्य बन्ने कोशिश गर्दै भने नो नो आइ अम अनम्यारिड। म सङ्ग कुनै केटि साथी अहिले सम्म नभएको बताउदै यो कुरा को बिट मार्ने मुडमा थिए फेरि अनेक थरी प्रश्न हरु सोध्न थाली। बिस्तारमा म अहिले सम्म केटि साथी बिनै किन रहे र किन रहन चाहदैन भन्ने कुराको बयान दिइसक्दा उसले अर्को सिगरेट सल्काइ सकेकी थिइ। बट्टा बाट अर्को सिगरेट झिकदै गर्दा थप प्रष्टिकरण दिनु परेको थियो ।नो आ अम नट अ गे ।
,,,,बाकी अर्को भागना

Comments

  1. राम्रो लाग्यो खेम जी !!!
    बाकि नि चाडै पढ्न पाइयोस !!!!

    ReplyDelete
    Replies
    1. dhanyabad lekha nath jee! baaki xittai aauxa .

      Delete
  2. अर्को भाग कैले आउला !!!! Euraxess को पार्टी जस्तो लाग्यो !!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

माफिया, मार्सी र केसि !

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?