घण्टाघर ब्लुज !

त्यस्तै 3 बजेको हुदो हो ।घन्टाघर ले पुन आफ्नो ड्युटी छाडेन।हात मा भएको घडी फिक्का थियो उसको अगाडि ।कहिलेकाहीँ त्यो रोकिन्थ्यो ब्याट्री सकिएपछी तर घण्टाघर रोकिएको मलाइ याद थिएन ।तसर्थ हाम्रो समय उसकै गतिमा चलेको थियो या हामि घण्टाघरको गतिमा म ठ्याक्कै भन्न असमर्थ छु।
सीतादिदि कोमा कालो चिया नखाइ कसरी निस्कनु क्याम्पस बाट।आज पनि म त्यही ध्याउन्न मा बाताबरण बिभाग को भर्याङ्ग उक्लैद थिए ।रसायनशस्त्र छेउ को गल्लिमा नपुग्दै उ सङ्ग जम्का भेट भयो  ।मेरो गन्तब्य माथिल्लो तला मा रहेको बाताबरण बिभाग थियो ।जहा थिइन् हामीसबै को सीता दिदि ।त्यो बिभाग को सहायक कर्मचारी ।घर काठ को कुनै बिकट गाउँ ।शिक्षा SLC या सो सरह हुनुपर्छ । ब्यबाहार् र बुझाइ  पर्माणपत्र ले मापन् गर्न सक्दैन रहेछ सायद् उदाहरण् सिता दिद्दि थीइन् ।कहिले हरेश् नखाने दिदि। कमुनिस्ट समर्थक भएकै कारण् यता उता सरुवा भैरहेन्थ्यो उनको । घरि पुसतकालय् , घरि क्याम्पस् प्रमुख् को चिया बनाउने कोठा, घरि स्वबियु को पत्र बाड्ने ठाउ ।

उ मेरो जुनियर थियो ।यसर्थ मा उ क्याम्पस छिर्नु भन्दा करिब 3 बर्श अघि देखि म त्यही हल्ली रहेको थिए ।पढाइ मात्र एक तह माथी ।फरक बिभाग ।सुक्ष्म जिबशास्त्री बन्ने लहड मा मेरा दिन हरु सङै जोडिएको अर्को भबन को सबै भन्दा माथिल्लो तला मा माइक्रोस्कोप र खुट्टा टेक्न सम्म मुश्किल पर्नेगरि भिड भाड हुने कक्ष्या कोठामा बित्थे ।अझ त्यो भन्दा बढी क्याम्पस को गार्डेन र बाहिर रहेको हरि दाइ को चिया पसलमा ।
मलाइ याद छैन ठ्याक्कै कहिके उ सङ्ग परिचय भयो ।त्यो तीन बर्श अघिको कुरा थियो ।"वातावरण बिभाग मा खतरा भाइ आएको रहेछ अब त्यसलाइ सङठित गर्नु पर्छ "।कुनै साथी को भनाइ  याद छ जो दिनानुदिन नया कार्यकर्ताको खोजिमा सबै  चहारिरहेको हुन्थ्यो ।कुनै बिचार मिल्ने नया साथी भेटेको दिन प्रफुल्लित हुँदै सबका सामु बखान गर्थ्यो ।त्यो  दिन राम्रो सिकार फेला परेको शिकारी जस्तै।
नाम् मुकेश् डागि । शन्खुवासभा ।पातलो कद। ब्यागमा सधै झुन्डिने चे ग्वेभारा को तस्बिर।
यो उसको सामान्य हुलिया थियो। कति ठाउ ठोक्किए पछि त्रि चन्द्र क्याम्पस् छिरेको थियो त्यो चाहि थाहा भएन। सायद् एकाध् बर्श "नेम" तिर हल्लिएरै त्यहा छिरेको हुनु पर्छ पक्कै ।
खैर जे होस् उसको हाउ भाउ अचम्म् लाग्दो थियो ।सधै मुस्काइ रहने चेहेरा । कुनै न कुनै बिशयमा तर्क गरिरहने बानि । अलि जिद्दि पन। हत्तपत्त हार स्विकार नगर्ने स्वभाब।........................................................


Comments

Popular posts from this blog

भुकम्प ले नहल्लिएका मन हरु !

Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1

Letter to SEE Appeared Students !