हामि कस्तो पुस्ता?

बालबालिकाको समग्र सिकाइ मा तीन परिवार, समाज र बिधालय - अन्तर्घुलित र अनोन्याश्रीत खम्बाहरु हुन। कस्तो बाताबरण छ, उत्प्रेरणा छ कि छैन ? आबश्यक सामाग्री हरु को जोहो हुन सक्छ कि सक्दैन त्यो परिवारिक परिस्थितिले निर्धारण गर्दछ जसको सिधा प्रभाब मनोबिज्ञान र सिकाइ मात्र नभै ब्यक्तित्वको बिकासमा समेत पर्दछ। परिवार को आर्थिक र शैक्षिक परिबेश महत्त्वपूर्ण फ्याक्टर रहन्छन यसर्थमा। मनोबैज्ञानिक हिसाबले पारिवारिक मेल/बेमेल, खुशी, परिवारको बनोट आर्थिक अबस्थाको सिधा प्रभाब सिकाइ मा पर्दछ।
त्यसैगरी सामजिक परिस्थिती- सर सङ्गत, समाजको चेतना, प्राथमिकता , अतिरिक्त क्रियाकलापमा सहभागिता, सामाजिक उत्प्रेर्णा, हौसला र समाज को मनोबिज्ञान पनि बालबालिकाको मनोविज्ञान सङ्ग एकाकर हुन पुग्दछ। परिणाम सकारात्मक बाताबरण सकारात्मक प्रतिफल नभए उल्टो!
कुरा रह्यो शैक्षिक बाताबरण । स्कुल, पाठ्यक्रम , शिक्षण विधि र मुल्यांकन प्रणाली । मुल रुपमा रास्ट्रको शिक्षा नीति। सरकारले तोकिदिएको ढाचामा आधारित पाठ्यसामग्री मा तोकिएको ढाचाको मुल्यांकन पद्द्तीमा नेपाल का बिधालय हरु सन्चालित छन । उस्तै किसिमको पाठ्यसामग्री , उस्तै मुल्यांकन  पद्धति । तर दुई खालको शिक्षा निजि र सार्बजनिक। फरक शिक्षण भाशा र अतिरिक्त पाठ्यक्रममा ।यसरी एउटै नीति भित्र सन्चालित दुई भिन्नाभिन्नै स्कुलिङमा आधारित उत्पादन हाम्रो बजार मा निस्कन्छ। शिक्षण को गुणस्तर , शिक्षकको क्षमता, स्रोत र साधनको उपलब्धता भित्र कैयौ असमानता हरु छ्न । त्यहा विभेद छ, अबसर छन र चुनौती हरु छन । यस बिषय मा छुट्टै बहस जरुरी छ। यो आलेख मा सामान्य समस्याहरू र ती माथी का सम्भाबित समाधान हरु माथी चर्चा गरिनेछ।
सामाजिक, पारिवारिक र आर्थिक अबस्थालाइ अचल राखेर शैक्षिक परिबेश को मात्र अध्ययन गर्नेहो भने हाम्रो शिक्षा प्रणाली सहि छ? हाम्रा बिधालय हरु काबिल जनशक्ति निर्माण मा दक्ष छन ? हाम्रो पाठ्यक्रम जिबनौपयोगी सिपमुलक शिक्षा को लागि सबल छ? कहि न कहि हामी चुकिरहेका छौ । समस्या सबै तिर छन । हामी प्रत्येक बाल्बालिकालाइ उस्तै पाठ्यक्रम पढाइ राखेका छौ। उनिहरुको रुचिको त्यहा कुनै स्थान छैन । यसर्थ मा हामी प्रतिभाको प्रस्फुटन होइन  प्रतिभालाइ थिचिराखेका छौ। हाम्रा पाठ्यपुस्तक रुचि र क्षमता मैत्री छैनन। कम्तिमा रुचि अनुसार को पाठ्यक्रम आधारभुत तह बाट लागू गर्न आबश्यक छ। कुनै चित्रकलामा रुचि भएको बिधार्थी बिज्ञान बिषय मा फेल भएर कुण्ठित पारिनु हुदैन । उसलाइ बिज्ञान मन नलाग्दा उसको रुचिको चित्रकला पढ्ने अबसर दिनु पर्छ जुन हाम्रो पाठ्यक्रमको आधारभुत समस्या हो। पढाउने तरिका मा पनि समस्या छ। शिक्षक रटाउने रोबोट जस्ता छन। बालबालिकालाइ एउटा बिधिले ४० मिनेट को पट्यार लाग्दो तरिका को पढाइ रुचिकर लाग्दैन। उनिहरुलाइ Spoon Feeding को सट्टा पहिले पहिले Appetizer खुवाइदिने र बाकी आफै खाना खान सक्ने बनाउने खाल्को शिक्षण विधि अपनाउनु पर्छ। हामी `  `हावा´ को बारे पढाउदा त्यो `हाबा तिमी अनुभुत गर्छौ भन्ने प्रश्न  सम्म नसोधी हावा को परिभाषा पढाउने खालको शिक्षण पद्धति मा अभ्यस्त छौ। यसमा परिबर्तन आबश्यक छ।
मुल्यान्कन पद्धति घोक्न प्रेरित गर्ने खालको छ। आइन्स्टाइन को जिवनी वारे सप्रसङ्ग लेख भन्ने टाइपको प्रश्न को साटो त्यो जिबनी बाट तिमिले के पाठ सिक्यौ भन्ने प्रश्न राख्ने पद्धति हुनु पर्छ। प्रश्न यस्तो  बनोस ताकि बिद्यार्थी आफ्नो नोट या किताब बोकेरै परिक्षा हल मा जान पाओस। जसले सम्बन्धित बिषयको अध्यन पछिको उसको सिकाइ र बढेको ज्ञान को मापन गर्न सकोस। किताब मै लेखेको कुराको परिक्षा ले उसको सिकाइ होइन घोकाइ को मुल्यांकन गर्दछ।
अब कुरा रह्यो सिपमुलक , काम लाग्ने, ब्यबहारिक या अरु नै शिक्षा को सन्दर्भ  । तीन वटा मापदण्ड जस्तै ब्यक्तिगत रुचि, रास्ट्रको आबश्यकता, र अन्तरास्ट्रिय पद्दती र ट्रेन्ड लाई ख्याल गर्दै नीति बन्दा त्यो ब्यबहारिक हुन्छ। हामी शैद्दान्तिक भन्दा ब्यबहारिक नीति को खोजिमा लाग्दा हुन्छ।
र अन्त्यमा घर जादा बालबालिका होमवर्क को गर्हुङ्गो भारी भन्दा उसको ब्यक्तिगत रुचि अनुसारको कुनै असाइन्मेन्ट गर्न पाए उसलाइ कसैले पढ भन्नू नपर्ला। उसको काम यस्तो होस खाना खाने बेला समेत त्यही बिष्य मा सोचिरहोस  ।  उ खेल्ने बेला आफ्नो सिकाइ को बारे कुरा गर्न रुचि राखोस, उ घर भन्दा बिधालयमा हुदा रमाओस। मोबाइल खोलेर गेम खेल्नुभन्दा प्रोजेक्ट या असाइन्मेन्ट मा भुलोस। उ खाली समय संस्कृति र सभ्यताको बारे किताब पढोस्। उसलाइ बिदाको दिन सङ्ग्राहलय घुम्न मन लागोस। मानबिय बिश्वास र नैतिक आचरण मा पारङत होस। त्यो बिध्यालय, घर , पाठ्यक्रम र समाजले देखाउने बाटोमा हिड्ने हो। कस्तो बाटो बनाउने भन्ने कुरामा तपाईं हाम्रो भुमिका छ। त्यो काचो माटो गमला बनाउने या हाडी तपाईं हाम्रै हातको कुरा हो। 

Comments

Popular posts from this blog

बुडापेस्ट कि सेट्ला@1

माफिया, मार्सी र केसि !

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?