माफिया, मार्सी र केसि !

नेपाल मा अहिले प्रचलित तीन वटा शब्द छन् - माफिया ,मार्सी र केसि । बिम्बात्मक हिसाबले भन्ने हो भने तीन वटै अत्यन्त जबर्जस्त छन् । बलिया छन् । र जिद्दी छन् । माफिया भन्ने बित्तिकै इटाली सम्झना हुन्छ। संगठित अपराध को समूह लाई माफिया भनिन्छ। इटालिमा सिसिलिअन माफिया को नाम बाट यो शब्द प्रयोग भएको पाइन्छ । अहिले सुन्नमा परिचीत माफिया हरुमा - जापनिज माफिया, अमेरिकन माफीया, मेक्सिकन माफिया र नेपाल मा चाहि मेडिकल माफिया !
मार्सी धान चाहिँ पहाडतिर घर हुने सबैले सुनेकै नाम हो। यो नेपालमा पाइने एक पुरानो प्रजाती को धान हो।स्वाद त्यति मीठो नभए पनि अडिलो हुने र ढिलो पाचन हुने कारण गाउँ घर तिर कडा शारिरिक श्रम गर्ने बेलातिर यसको भात पाक्ने गर्छ। यो पनि अरु चामल भन्दा कडै पर्यो। र अहिले नेपाल मा चर्चा मा छ यो जब एक महानुभाबले दुई ठुला नेता सङ्गै बसेर लन्च गरेको फोटो सार्बजनिक गर्नुभो । मानिसले अड्कल लगाए कि यो मार्शी धानको भात सहित को भोजन हो भन्ने ।त्यसपछी यो चर्चामा आउन शुरु भो र अहिले बजारमा यसको निकै माग बढेको छ भन्ने सुनिन्छ।
कुरा आयो केसि को । केसि थर का एक डाक्टर छन् । मुलुकमा उनलाइ नचिन्ने कोहि नहोला। कोहि बाचन गरेर प्रख्यात भए नेपालमा बाचन शिरोमणी भनियो। कोहि काव्य लेखेर , काब्य शिरोमणी भनियो। अचेल अर्को थप शिरोमणी को चर्चा शुरु भको छ - अनशन शिरोमणी । हो उनै डा. केसि हुन जो नेपालको स्वास्थ्य मा सुधार हुनुपर्छ भनेर डेढ दर्जन जति अनशन बसे र अहिले पनि बसिरहेका छन् । उनि यति जिद्दी छन् कि मर्न तयार तर माग बाट टसमस हुदैनन् ।
यो संक्षिप्त्त परिचय पछि अलिकती सप्रसङ्ग व्याख्या गरुम ।
मेडिकल माफिया शब्द आफैमा गलत हो । किनकी जसलाइ हामी माफिया भन्दै छौ ती बिशुद्द व्यापारी हुन । तसर्थ शैक्षिक माफिया को ठाउँ मा शैक्षिक व्यापारी र मेडिकल माफिया को ठाउँ मा मेडिकल व्यापारी भन्दा राम्रो हुन्छ कि। अब किन व्यापारी हरु शिक्षा र स्वास्थ्य तिर लागे ? कसरि यसको सुरुबात गर्यो? घाटा के भो ? नाफा के भो ? यसको समिक्षा नगरी अहिले उठेको बहस को निर्क्योल हुन सक्दैन । कुन पार्टीका मान्छे सङ्ग कलेज /अस्पताल छन् भन्ने कुरा अत्यन्त गौण कुरा हो । कसले चाहिँ निजीकरण को काम शुरु गर्यो भन्ने कुरा महत्त्वपूर्ण हो। र अर्को महत्वपूर्ण कुरा के हो भने उल्लेखित ब्यापारि हरु सबै पार्टीका हुन। र कुनै पार्टिका होइनन् । तिनी हरुको पार्टी व्यापार हो र शिद्दान्त पैसा।
रह्यो कुरा मार्शी को । व्यापारी हरु हर सम्बन्धमा पैसा हेरिरहेका हुन्छन् र एक कप चिया को बदलामा समेत आर्थिक लाभको हिसाब किताब गर्न पछि पर्दैनन् । त्यो ब्यबसायिक सीप हो। कला हो । चुनाव मा सबै पार्टिले चन्दा लिन्छन् । नेताले पैसा लिन्छन् । त्यो व्यापारी सङ्गै लिने हो । चन्दा दिने व्यापारी ले यत्तिकै चन्दा दिन्छ? त्यहा उसको स्वार्थ लुकेको हुन्छ । जो पार्टि सत्तामा गए पछि प्रकट हुन्छ। नेपाल लगाएत का मुलुक हरु को समस्या यहि हो कि राजनिती भित्र को आर्थिक पाटो नेता , व्यापारी , ठेकेदार र कर्मचारी भित्र जेलिएको छ। यसबाट कुनै पार्टि अछुतो छैनन् । अब त्यो मार्शी लाई मसला बनाएर हल्ला मच्चाउनु को साटो राजनितिलाइ कसरी पारदर्शि बनाउने भन्ने कुरामा बहस चलाउने कि? देखिने मार्शी भन्दा नदेखिने पेटि र कमिसन हरु अत्यन्त खतरापूर्ण हुन्छन् भन्ने कुरा बुझ्नु जरुरी छ।
डा. केसि को अनसन को आफ्नै कहानी छ। स्वास्थ्य लाई दुर्गम ठाउँ सम्म पुर्याउ, मेडिकल शिक्षा मा रहेको बेतिथी को अन्त्य गर, सस्तो र गुणस्तरीय शिक्षा देउ भन्ने उनका माग हरु  जायज छन् र ती मुलुकको हितमा छन् ।तर उनले भनेकै मान्छेलाइ डिन बनाउनुपर्ने, उनले भनेकै मानिसलाइ आयोग को प्रमुख बनाउनु पर्ने, उनले भने जत्तिकै माग पूरा गर्नु पर्ने, कुनै सहमतिको लागि उनले केही बुदा पनि छोड्नु नपर्ने, रिस उठ्दा बित्तिकै अनशन नै बसिहाल्नु पर्ने जस्ता हठ का कारण उनि आलोचित पनि छन। उनको अनशन प्रती अनेक खालका आशन्का होलान । अगाडी नै चर्चा गरे जस्तै अनशन माथी व्यापारिको आँखा परेको हुन सक्ने शन्का हरु बिद्दमान नै छन् । खैर जे सुकै होस उनका जायज माग हरुलाइ सरकारले आफ्ना कार्यसुची बनाएर सम्बोधन गर्दा के नै बिग्रन्छ होला र?
यो बर्शात को समय हो । बाढिले घरबार बगाएर मान्छेहरु भोक भोकै छन। युबा हरु लाम लाग्दै बिदेश पलाएन भैराखेका छन् । शिक्षा मन्त्रालय बाट नो अब्जेक्सन लेटर लिने बिधार्थिको सन्ख्या दिनानुदिन बढ्दो छ। रामपुर अग्रीकल्चर बिश्वबिद्धालय मा तालाबन्दी छ। त्रिभुवन बिश्वबिद्धालय को सिनेट बस्न सकेको छैन। गाउँ बाट SEE उत्तिर्ण भाइ बहिनी हरुको चर्को भर्ना शुल्क का कारण कलेज भर्ना हुन सकेका छैनन्। किसान हरु खडेरि ले रोपाइ गर्न सकेका छैनन् । यो मुलुक मा अनेक समस्या र चुनौती हरु छन् । तर ती एकाएक र रातारात प्रकट भएका होइनन् । यो मुलुकमा शासन गरेका सबै दल हरु यसमा जिम्मेवार छन् । यहाँ धुलो को कारण बिरामी बढेका समाचार बन्दा भोकमरी को कारण जनता मरेका समाचार हरु छुटिरहेका छन् । ती मुद्दा माइतीघर मण्डला सम्म पनि आइपुग्दैनन। कोहि शिक्षा महँगो भो भनेर कहिले अनशन बस्दैन । यहाँ भाबनात्मक मुद्दाहरु माथी राजनिती गर्ने र स्थापित हुन खोज्ने डरलाग्दो रोग देखा पर्दैछ।हामिलाइ दिर्घकालिन बिकास को लागि नितिगत सुधार चाहिएको हो  । यो मुलुकमा बिग्रन बाकी चिजहरु नै के छन् र? कुनै एक मुद्दा  मा कोको होलो मच्चाउनको आबश्यकता छैन ।तर जनताको खबरदारी र रचनात्मक आलोचना चाहिँ अत्यन्त आबश्यक छ। हामि जति अधिकारको बारे चनाखो छौ त्यत्ती नै कर्तब्यको बारे जिम्मेवार बन्न सिक्ने कि । आफ्नो ठाउमा के गर्दैछौ भन्ने कुरा पनि नभुलौ । आखिर राज्य भनेको जनता हो ।
कुरा रह्यो सरकार को । सरकार गतिशिल निकाय हो  ।यो जनताको प्रतिनिधित्व गर्ने निकाय हो। शासन गर्ने ठाउँ होइन । गणतन्त्रमा कोहि शाशक हो भने त्यो जनता नै हो। नियम बनाउने , कानुन ल्याउने काम सम्सद को हो । सम्सद को बिजिनेस मा नागरिक को दक्खल किन भन्ने प्रश्न सरकारले राख्न पाउदैन। किन नागरिक को असन्तुष्टि छ भन्ने कुरामा चासो राख्ने काम सरकारको हो । यो इन्जिन ध्वस्त भैसकेको गाडिलाइ जेनेतेन ग्यारेज सम्म पुर्याएर मर्मत गर्ने बेला हो ।गाडी कुदाइ हाल्छु भनेर किन हतारो गर्ने ? पहिले तिम्रा इन्जिन हरु कस। डिजेल , मोबिल फेर। अनि गुडाउने। नागरिक सङ्गग सवाल जवाफ गर्ने यो बेला होइन । जब जनताहरु चारैतिर समस्याहरु मात्र देख्छ्न र तिनको समाधान को शिघ्र चाहना राख्छन त्यो बेला कुनै चमात्कार या नायक को खोजी गर्छन् । हिजो नाकाबन्दिको बेला सम्माननिय प्रधानमन्त्री ज्यु लाई जनताले नायक ठाने र साथ दिए। अहिले असन्तुष्ट जमात र आम मान्छेको नायक केसि बन्दै छन् । यो एक किसिम को `मास फ्रस्टेसन ´ को उपज पनि हो ।यो कुरा अहिलेको नेतृत्वले बुझ्नु जरुरी छ।
सात प्रदेश मा सात सरकारी मेडिकल कलेज को घोषणा गर्दै उच्च स्तरिय चिकित्सा शिक्षा आयोग बाट सम्बन्धन को प्रक्रिया लाई छानबिन गर्ने घोषणा गर्नुहोस प्रधानमन्त्री ज्यु। त्यस पछाडी केसि सङ्ग बार्ता को आबश्यकता पनि नपर्न सक्छ। लेनिन ले भने जस्तै एक कदम पछाडि सरेर दुई कदम अगाडि बढ्ने बेला यहि हो।



Comments

  1. बहुत मजेदार लेख, रमाइलो पारामा सुरु भएको लेखमा पछी कन्टेन्ट बलियो छ , ओली र केसीको तुलनात्मक विश्लेषण मन पर्यो !

    ReplyDelete

Post a Comment

Popular posts from this blog

बुडापेस्ट कि सेट्ला@1

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?