दशै -एक मनोसम्बाद्
कहिले मावलि जान् पाइन्छ् र नय नया नोट हात पार्न पाइन्छ भन्ने पर्खाइको दिन हुन्थ्यो दशै।
बारिमा लटरम्म काक्रा,,फर्सि जङलमा ओखर् र कटुस अनि गरा बाट बहने मिठो धान् को शुवास् !
आकासमा हुलका हुल बाधेर हिड्ने तालचराहरुको मिठो सङ्गित, पारिलो हुदै गैराखेको घाम, खुल्ला आकाश, ओभाउदै गै राखेको बाटो को हिलो, झाउकिरि को मिठो सङित!
आहा त्यो मेरो दशै।
जब सोर्ह श्राद्द शुरु हुन्थ्यो स्कुल बाट दोपरमै टापकसेर कुदिन्थ्यो निम्तो खान। फर्सिको तरकारि, सिमि बोडिको दाल र बिर्सिनसक्नुको त्यो काक्राको अचार् , त्यस्तो मिठास् को भोजन् जिब्रो बाट कहिल्ले हटेन। सायद त्यहा स्वाद् मात्र थिएन पित्री प्रति को अगाध आस्थाको चेत कतै बाट घुसिसकेको पो थियो कि !
दशै बिदा शुरु हुने दिन स्कुल को रौनक नै बेग्लै । घर बाट कमेरो , रातोमाटो ल्याउने जिम्मा पहिले नै बाडिएको हुन्थ्यो क्लास को मोनिटर मार्फत्।
आफ्नो क्लास् त लिपपोत गरेर चिटिक्क पार्नु नै थियो सङ्गै स्कुल वरिपरि को सरसफाइ , झार पात हरुको बडार कुडार को कामपनि सबैलाइ बाडिएको हुन्थ्यो।
प्राय केटि मान्छे हरुको भागमा लिपने काम हुन्थ्यो भने केटा हरुको काम् पानि बोक्ने, माटो मुछ्ने।
यहि लिपपोत को दिन मै कति मौन् प्रेम जोडि हरु को गोप्यता भङ्ग हुन्थ्यो!
बिदा पछि का घरायसि दिन हरु पनि कम्ता रमाइला हुन्नथे। पिङ्ग बनाउन बाबियो को जुगाड शुरु हुन्थ्यो। कसको खरबारिमा राम्रो बाबियो छ उसकै खरबारिमा गएर काट्न कुनै रोकतोक हुदैनथ्यो। बाबियो काट्ने बहानामा घर बाट निस्कन नि सजिलै पाइने। भात खाएर एकसरो घरबाट निस्के पछि पुरा दिन स्वतन्त्र।  यिनै दिन हुन् पहिलो पटक हातमा तास परेको। जुट् पत्ति बाट शुरु भएको सिकाइ काठमान्डु नछिरुन्जेल् कलब्रेकमै सिमित् थियो। गुरु हरु थिए लङौडिया टन्के, पिते, नितिन्, शिबे।
(अहिले चाहि कोहि काका कोहि दाजु )
तासको जुगाड् लाउथे इश्वरि दाइ। प्राय घर तिर ठुला मान्छेहरुले लेखेर राखेको ठाउ बाट चोरेर ल्याउनुपर्थो तास। कहिले हुकुम् लाइ कलम ले लेखेर पाना त कहिले गुलाम लाइ काटेर मिस्सि बनाइन्थ्यो किनकि कुनै न कुनै पत्ति छुटेकै हुन्थे। पैसाको नि समस्या  थिएन। पहिला पहिला हरिया पात लाइ नै पैसा बनाइन्थ्यो। पछिपछि बा को कोट, आमाको सन्दुक्, दिदि हरुको दक्षिणा। अभाब हुने कुरै भएन।
जब चोरि गर्नु हुन्न भन्ने चेत पस्यो- तल्ला घर जेठि आमा को काक्रो चोरिमा नराम्रो सङ्ग फसेर घर गाउ मै बेइज्जत् भएअपछि! सानो तिनो ब्यापार नै सुरु गरिन्थ्यो कहिले पुराना घडि रडियो को कारोबार, कहिले कुखुराको चल्ला हरु खरिद् गरि ठुलो बनाएर बेच्ने। अझ यौटा बर्श त नजिक को जिल्ला प्युठान सम्म पुगेर सामान हरु खरिद गरि दशै मेलामा बिक्रि गरेर नाफा बाड्न सम्म छाडिएन् । त्यो दशै जिबनको ठुलो पाठशाला भएर खडा भएको थियो। हरेक् चिज सम्भब छ यदि तिमिमा इच्छाशक्ति छ भने।
अनुभब गरेका प्रत्येक दशै हरु सिर्जनशिल थिए। प्रत्येक दशै हरु केहि नया उमङ्ग बोकेर आम्थे र केहि नया सन्देश छोडेर जान्थे। देबि देबता को पुजामा त कहिले रुचि भएन तर घाटिमा दशै घरमा पाइने ध्वजा बाध्दा भिन्नै उर्जा पाएको अनुभुति हुन्थ्यो। सायद त्यहि नै हो कि शक्ति पिठ भन्नु को अर्थ। जहा मान्छे सारा दुख तनाब बाट मुक्त भै उल्लास मन ले खुशि हुदा अनुभुति गरेको भित्रि आनन्द।  अहिले पनि त्यो कुनै दैबिक शक्ति को कारण नभै मनोबैगानिक कारण लाग्छ। सायद हाम्रा पुर्खा हरुले लामो काल खण्ड मा आर्जेको ग्यान को सम्लेशित् रुप हरु नै हुन् हाम्रा धर्म र सन्स्कार।मुर्ति पुजा गर्दा गरिने भगवान सङ्ग को साक्ष्यात्कार् सायद त्यहि अन्तर्मन सङ्ग को सम्बाद् हो। दशै पर्ब यिनै घटनाक्रम को उच्चतम रुप् हो भन्ने भान हुन्छ्।
खैर यस्ता दार्शनिक् पक्ष्य हरु सङ्ग त्यतिबेला सरोकारहुने कुरा थिएन। मात्र उल्लासको खोजि थियो। खुशि को खोजि थियो। फेरि ति चिज हरु मन तरङित भएअको बेला भेटिने चिजहरु पनि त थिएनन्।
यसपाला को दशै अलि फरक अनुभब हुदैछ। काठमान्ड् छदाका कुनै दशै हरु छोडिएको थिएन।तिज को मौसम् शुरु भएदेखिघर जाने दिन को गन्ति-शुरु हुन्थ्यो। जब टिकट को बुकिङ्ग् खुल्ला हुन्थ्यो तब देखि भित्रन्थ्यो त्यो बेला दशै।
बिश्वबिधालय बाट निस्किसकेपछि भने अलि फरक अनुभुति हुन थाल्यो। कहिले काम गर्ने ठाउ मा छुट्टि होला र घर जान पाइ एला भन्ने हुन्थ्यो। त्यहि बिदा को तनाब् फेरि छिट्टै काम मा फर्कनु पर्ने कुराको बोजले पहिले जस्तै दशै हरु रोमान्चित हुन छोडिसकेका थिए। सायद जिबनको बिश्वबिध्यालय का दशै फरक् पो हुने रैछन् कि !
हामि नेपालि को बिशिस्टता भनेकै प्रतिकुलतामापनि रमाउन सक्नु हो। भुकम्प ले थिल्थिलो भएका गाउ बस्ति हरुमा दशै पसेको सुन्दा,,गाडिको छतमा हुलका हुल मान्छे घर फर्किएको देख्दा फेरि त्यहि बच्चा बेलाको दशै सम्बाद् गर्न् थाल्छ। सायद् दशै कहिले बुढो हुदैन!!
सम्पुर्ण मा दशैको शुभकामना!!!

Comments

Popular posts from this blog

बुडापेस्ट कि सेट्ला@1

माफिया, मार्सी र केसि !

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?