Posts

Showing posts from September, 2018

हामि कस्तो पुस्ता?

बालबालिकाको समग्र सिकाइ मा तीन परिवार, समाज र बिधालय - अन्तर्घुलित र अनोन्याश्रीत खम्बाहरु हुन। कस्तो बाताबरण छ, उत्प्रेरणा छ कि छैन ? आबश्यक सामाग्री हरु को जोहो हुन सक्छ कि सक्दैन त्यो परिवारिक परिस्थितिले निर्धारण गर्दछ जसको सिधा प्रभाब मनोबिज्ञान र सिकाइ मात्र नभै ब्यक्तित्वको बिकासमा समेत पर्दछ। परिवार को आर्थिक र शैक्षिक परिबेश महत्त्वपूर्ण फ्याक्टर रहन्छन यसर्थमा। मनोबैज्ञानिक हिसाबले पारिवारिक मेल/बेमेल, खुशी, परिवारको बनोट आर्थिक अबस्थाको सिधा प्रभाब सिकाइ मा पर्दछ। त्यसैगरी सामजिक परिस्थिती- सर सङ्गत, समाजको चेतना, प्राथमिकता , अतिरिक्त क्रियाकलापमा सहभागिता, सामाजिक उत्प्रेर्णा, हौसला र समाज को मनोबिज्ञान पनि बालबालिकाको मनोविज्ञान सङ्ग एकाकर हुन पुग्दछ। परिणाम सकारात्मक बाताबरण सकारात्मक प्रतिफल नभए उल्टो! कुरा रह्यो शैक्षिक बाताबरण । स्कुल, पाठ्यक्रम , शिक्षण विधि र मुल्यांकन प्रणाली । मुल रुपमा रास्ट्रको शिक्षा नीति। सरकारले तोकिदिएको ढाचामा आधारित पाठ्यसामग्री मा तोकिएको ढाचाको मुल्यांकन पद्द्तीमा नेपाल का बिधालय हरु सन्चालित छन । उस्तै किसिमको पाठ्यसामग्री , उस्तै मु...