सुनिने मार्क्सबाद, देखिने मार्क्स !
दुनियाका न्यायप्रेमी जनता दुई सय बर्ष अगाडि जन्मेको एक मानव को जन्मोत्सब मनाइरहेका छन। दुनिया दुई कित्ता मा देखिन्छ ` कर्म वाला ´ किता जसको मसिहा मार्क्स बूढो । र इतर को पंक्ति जसको मसिहा अदृश्य `इश्वर ´ हरु! मान्छे लड्छ, क्रान्ती भन्छ, हतियार उठाउछ, मार्छ, मर्छ - भन्छ म मार्क्सबादी। मुक्ती को कुरा गर्छ, सपना देख्छ, ब्युझन्छ , झल्यास्स हुन्छ। सुन्छ तर देख्दैन । बुझ्छ तर अनुभुत गर्दैन। पढ्छ, पढाउछ तर कहिले व्यबहार मा देख्न पाउदैन ।त्यस्तै ´अभागी ` मनुवा हरु को हुलमा हेर्यो, कतै मार्क्सवाद देखिदैन । सुन्दा छ। देख्दा छैन । म घोत्लिन्छु होइन यो `Visible´ कसरी हुन्छ। कसरी बनाउने ? के गर्नुपर्ने? उत्तर आउँछ - यो देखिने हुन्छ तर हुन हुन लाग्ने परिस्थिति बन्दा पुन हराइदिन्छ र सुनिने बन्छ। क्रान्ती पूरा पूरा हुन्छ । मार्क्सवादले आफै आफैलाइ प्रयोग त गर्दैन । यो सुत्र लाई तिनै मनुवा हरु ले हो प्रयोग गर्ने । बिडम्बना नेपाली सन्दर्भ मा चाहिँ ती सुन्ने मार्क्सबादी हरु सत्तामा पुगेपछी `मास्कबादी´ भैदिने ! कहिले बूढो नहुने मार्क्स का चेला हरु ४० कटेपछी लल्याक्लुलुक भैदिने ! तिघ्रा गल्ने, जिब्...