हामी कस्तो पुस्ता तयार गर्दै छौ ?
आजकाल धेरै अबिभावक को गुनासो हुन्छ मेरो छोरा छोरि पढ्न भन्दा अरु नै कुरामा ध्यान बढी दिन्छ। हातमा मोबाइल , ल्यापटप या कम्पुटर भयो भने बोलाएको समय मा खाना खान सम्म पनि आउदैनन , पढ्ने कुरा त परै जाओस ! अहिलेका किशोर किशोरी हरु प्रबिधी सङ्ग मस्त छन । साथी सङ्गि सङ्ग ब्यस्त छन । यसरि पाठ्यपुस्तक र अरु पारिवारिक सामाजिक सम्बन्ध हरु बाट टाढा छन । यो अहिलेको आम सरोकार र चिन्ताको बिषय हो ।प्रबिधिमैत्री बन्नु, नया कुरा हरुको प्रती चाख बढ्नु, सुचना मा अभ्यस्त हुनु र प्रबिधी को प्रयोग बाट आफ्नो ज्ञान को दायरा लाई फराकिलो पार्न सक्दा का फाइदा हरु लाई नजरअन्दाज गर्न त सकिदैन तर मनलाग्दो ढंग बाट गरिएको प्रयोग सङ्गै आउने बिकृति र समय को खर्च लाई ध्यान दिनु पनि आबश्यक छ। आम शिक्षक हरु खासगरी उच्च माध्यमिक बिधालय मा पढाउनेहरु को गुनासो आफ्नै ठाउँ मा छ । बिद्यार्थी हरु आफ्नो तर्फ बाट अत्यन्त कम मेहेनत गर्छन । घरमा अध्ययनमा समय दिदैनन। दिएको काम जेनतेन लेखेर ल्याउछ्न त्यस बाहेक उनिहरु पढाइमा गम्भीर छैनन। कारण उनिहरु बिधालयदेखिनै शिक्षक प्रति अत्यन्त निर्भर छन । उनीहरु एक प्रकारका रोबोट...