Posts

Showing posts from 2018

हामि कस्तो पुस्ता?

बालबालिकाको समग्र सिकाइ मा तीन परिवार, समाज र बिधालय - अन्तर्घुलित र अनोन्याश्रीत खम्बाहरु हुन। कस्तो बाताबरण छ, उत्प्रेरणा छ कि छैन ? आबश्यक सामाग्री हरु को जोहो हुन सक्छ कि सक्दैन त्यो परिवारिक परिस्थितिले निर्धारण गर्दछ जसको सिधा प्रभाब मनोबिज्ञान र सिकाइ मात्र नभै ब्यक्तित्वको बिकासमा समेत पर्दछ। परिवार को आर्थिक र शैक्षिक परिबेश महत्त्वपूर्ण फ्याक्टर रहन्छन यसर्थमा। मनोबैज्ञानिक हिसाबले पारिवारिक मेल/बेमेल, खुशी, परिवारको बनोट आर्थिक अबस्थाको सिधा प्रभाब सिकाइ मा पर्दछ। त्यसैगरी सामजिक परिस्थिती- सर सङ्गत, समाजको चेतना, प्राथमिकता , अतिरिक्त क्रियाकलापमा सहभागिता, सामाजिक उत्प्रेर्णा, हौसला र समाज को मनोबिज्ञान पनि बालबालिकाको मनोविज्ञान सङ्ग एकाकर हुन पुग्दछ। परिणाम सकारात्मक बाताबरण सकारात्मक प्रतिफल नभए उल्टो! कुरा रह्यो शैक्षिक बाताबरण । स्कुल, पाठ्यक्रम , शिक्षण विधि र मुल्यांकन प्रणाली । मुल रुपमा रास्ट्रको शिक्षा नीति। सरकारले तोकिदिएको ढाचामा आधारित पाठ्यसामग्री मा तोकिएको ढाचाको मुल्यांकन पद्द्तीमा नेपाल का बिधालय हरु सन्चालित छन । उस्तै किसिमको पाठ्यसामग्री , उस्तै मु...

माफिया, मार्सी र केसि !

नेपाल मा अहिले प्रचलित तीन वटा शब्द छन् - माफिया ,मार्सी र केसि । बिम्बात्मक हिसाबले भन्ने हो भने तीन वटै अत्यन्त जबर्जस्त छन् । बलिया छन् । र जिद्दी छन् । माफिया भन्ने बित्तिकै इटाली सम्झना हुन्छ। संगठित अपराध को समूह लाई माफिया भनिन्छ। इटालिमा सिसिलिअन माफिया को नाम बाट यो शब्द प्रयोग भएको पाइन्छ । अहिले सुन्नमा परिचीत माफिया हरुमा - जापनिज माफिया, अमेरिकन माफीया, मेक्सिकन माफिया र नेपाल मा चाहि मेडिकल माफिया ! मार्सी धान चाहिँ पहाडतिर घर हुने सबैले सुनेकै नाम हो। यो नेपालमा पाइने एक पुरानो प्रजाती को धान हो।स्वाद त्यति मीठो नभए पनि अडिलो हुने र ढिलो पाचन हुने कारण गाउँ घर तिर कडा शारिरिक श्रम गर्ने बेलातिर यसको भात पाक्ने गर्छ। यो पनि अरु चामल भन्दा कडै पर्यो। र अहिले नेपाल मा चर्चा मा छ यो जब एक महानुभाबले दुई ठुला नेता सङ्गै बसेर लन्च गरेको फोटो सार्बजनिक गर्नुभो । मानिसले अड्कल लगाए कि यो मार्शी धानको भात सहित को भोजन हो भन्ने ।त्यसपछी यो चर्चामा आउन शुरु भो र अहिले बजारमा यसको निकै माग बढेको छ भन्ने सुनिन्छ। कुरा आयो केसि को । केसि थर का एक डाक्टर छन् । मुलुकमा उनलाइ नचिन्ने ...

सुनिने मार्क्सबाद, देखिने मार्क्स !

दुनियाका न्यायप्रेमी जनता दुई सय बर्ष अगाडि जन्मेको एक मानव को जन्मोत्सब मनाइरहेका छन। दुनिया दुई कित्ता मा देखिन्छ ` कर्म वाला ´ किता जसको मसिहा मार्क्स बूढो । र इतर को पंक्ति जसको मसिहा अदृश्य `इश्वर ´ हरु! मान्छे लड्छ, क्रान्ती भन्छ, हतियार उठाउछ, मार्छ, मर्छ - भन्छ म मार्क्सबादी। मुक्ती को कुरा गर्छ, सपना देख्छ, ब्युझन्छ , झल्यास्स हुन्छ। सुन्छ तर देख्दैन । बुझ्छ तर अनुभुत गर्दैन। पढ्छ, पढाउछ तर कहिले व्यबहार मा देख्न पाउदैन ।त्यस्तै ´अभागी ` मनुवा हरु को हुलमा हेर्यो, कतै मार्क्सवाद देखिदैन । सुन्दा छ। देख्दा छैन । म घोत्लिन्छु होइन यो `Visible´ कसरी हुन्छ। कसरी बनाउने ? के गर्नुपर्ने? उत्तर आउँछ - यो देखिने हुन्छ तर हुन हुन लाग्ने परिस्थिति बन्दा पुन हराइदिन्छ र सुनिने बन्छ। क्रान्ती पूरा पूरा हुन्छ । मार्क्सवादले आफै आफैलाइ प्रयोग त गर्दैन । यो सुत्र लाई तिनै मनुवा हरु ले हो प्रयोग गर्ने । बिडम्बना नेपाली सन्दर्भ मा चाहिँ ती सुन्ने मार्क्सबादी हरु सत्तामा पुगेपछी `मास्कबादी´  भैदिने ! कहिले बूढो नहुने मार्क्स का चेला हरु ४० कटेपछी लल्याक्लुलुक भैदिने ! तिघ्रा गल्ने, जिब्...

हामी कस्तो पुस्ता तयार गर्दै छौ ?

आजकाल धेरै अबिभावक को गुनासो हुन्छ मेरो छोरा छोरि पढ्न भन्दा अरु नै कुरामा ध्यान बढी दिन्छ। हातमा मोबाइल , ल्यापटप या कम्पुटर  भयो भने बोलाएको समय मा खाना खान सम्म पनि आउदैनन , पढ्ने कुरा त परै जाओस ! अहिलेका किशोर किशोरी हरु प्रबिधी सङ्ग मस्त छन । साथी सङ्गि सङ्ग ब्यस्त छन । यसरि पाठ्यपुस्तक र अरु पारिवारिक सामाजिक सम्बन्ध हरु बाट टाढा छन । यो अहिलेको आम सरोकार र चिन्ताको बिषय  हो ।प्रबिधिमैत्री बन्नु, नया कुरा हरुको प्रती चाख बढ्नु, सुचना मा अभ्यस्त हुनु र प्रबिधी को प्रयोग बाट आफ्नो ज्ञान को दायरा लाई फराकिलो पार्न सक्दा का फाइदा हरु लाई नजरअन्दाज गर्न त सकिदैन तर मनलाग्दो ढंग बाट गरिएको प्रयोग सङ्गै आउने बिकृति  र समय को खर्च लाई ध्यान दिनु पनि आबश्यक छ। आम शिक्षक हरु खासगरी उच्च माध्यमिक बिधालय मा पढाउनेहरु को गुनासो आफ्नै ठाउँ मा छ । बिद्यार्थी हरु आफ्नो तर्फ बाट अत्यन्त कम मेहेनत गर्छन । घरमा अध्ययनमा समय दिदैनन। दिएको काम जेनतेन लेखेर ल्याउछ्न त्यस बाहेक उनिहरु पढाइमा गम्भीर छैनन। कारण उनिहरु बिधालयदेखिनै शिक्षक प्रति अत्यन्त निर्भर छन । उनीहरु एक प्रकारका रोबोट...

सर्जरी गर्ने हो मन्त्री ज्यु?

दृश्य १: १२ बर्श अगाडि त्री-चन्द्र क्याम्पस बाट छुट्टिएको मेरो `आइएस्सी मेट´  केही दिन पहिले मलाइ भेट्न त्री-चन्द्र आएको थियो। क्याम्पस को रशायनसास्त्र प्रयोगशाला मा म `ड्युटि´ मै रहेको बेला अकस्मात छिरेको मित्र म सङ्ग को भेट बाट उत्साहित थिएन । ल्याब का कोठा, छरिएका केमिकल , यत्र तत्र फोहोर ! उसको नजर चुहिरहेको धारो पट्टि जान्छ। खिम यो धारो हामी पड्दा नि यस्तै थिएन र ? फ्लास्ब्याक मा म सम्झन्छु उहि चुहिने धारो, उस्तै रशायन को गन्ध, उस्तै टेबल, उस्तै कुर्सी र उस्तै उस्तै लाग्ने प्राध्यापक अनि कर्मचारी । कुरा १२ बर्श पहिले को थियो । सामुन्ने बर्तमान थियो तर भुत भन्दा पनि जर्जर र नाजुक । यार खिम हामी पड्दा भन्दा पनि बिग्रीएछ त यहाको भौतिक रुप ! पढाइ चाहि कस्तो छ नि ? यु क्यान इमाजिन युर्सेल्फ मित्र ! मेरो जबाफ थियो। बार्ह बर्शमा खोलो त फर्कन्छ भन्थे यहाँ त बगर पनि मेटिन लागेछ यार ।  नेपाल को सबै भन्दा पुरानो शैक्षिक सन्स्था जसले हाल्सालै आफ्नो ९९ सय बार्शिक उत्सब मनायो यो त्यहाँको सन्दर्भ थियो। दृश्य २: खिम मेरो दाइ को एउटा पेपर नकटेर हैरान भो । यसो बल्खु मा सेटिङ्ग हान्न सकिँ...