दशै -एक मनोसम्बाद् कहिले मावलि जान् पाइन्छ् र नय नया नोट हात पार्न पाइन्छ भन्ने पर्खाइको दिन हुन्थ्यो दशै। बारिमा लटरम्म काक्रा,,फर्सि जङलमा ओखर् र कटुस अनि गरा बाट बहने मिठो धान् को शुवास् ! आकासमा हुलका हुल बाधेर हिड्ने तालचराहरुको मिठो सङ्गित, पारिलो हुदै गैराखेको घाम, खुल्ला आकाश, ओभाउदै गै राखेको बाटो को हिलो, झाउकिरि को मिठो सङित! आहा त्यो मेरो दशै। जब सोर्ह श्राद्द शुरु हुन्थ्यो स्कुल बाट दोपरमै टापकसेर कुदिन्थ्यो निम्तो खान। फर्सिको तरकारि, सिमि बोडिको दाल र बिर्सिनसक्नुको त्यो काक्राको अचार् , त्यस्तो मिठास् को भोजन् जिब्रो बाट कहिल्ले हटेन। सायद त्यहा स्वाद् मात्र थिएन पित्री प्रति को अगाध आस्थाको चेत कतै बाट घुसिसकेको पो थियो कि ! दशै बिदा शुरु हुने दिन स्कुल को रौनक नै बेग्लै । घर बाट कमेरो , रातोमाटो ल्याउने जिम्मा पहिले नै बाडिएको हुन्थ्यो क्लास को मोनिटर मार्फत्। आफ्नो क्लास् त लिपपोत गरेर चिटिक्क पार्नु नै थियो सङ्गै स्कुल वरिपरि को सरसफाइ , झार पात हरुको बडार कुडार को कामपनि सबैलाइ बाडिएको हुन्थ्यो। प्राय केटि मान्छे हरुको भागमा लिपने काम हुन्थ्यो भने केटा हरुको काम् ...
Posts
Showing posts from October, 2015