Posts

Showing posts from 2015
दशै -एक मनोसम्बाद् कहिले मावलि जान् पाइन्छ् र नय नया नोट हात पार्न पाइन्छ भन्ने पर्खाइको दिन हुन्थ्यो दशै। बारिमा लटरम्म काक्रा,,फर्सि जङलमा ओखर् र कटुस अनि गरा बाट बहने मिठो धान् को शुवास् ! आकासमा हुलका हुल बाधेर हिड्ने तालचराहरुको मिठो सङ्गित, पारिलो हुदै गैराखेको घाम, खुल्ला आकाश, ओभाउदै गै राखेको बाटो को हिलो, झाउकिरि को मिठो सङित! आहा त्यो मेरो दशै। जब सोर्ह श्राद्द शुरु हुन्थ्यो स्कुल बाट दोपरमै टापकसेर कुदिन्थ्यो निम्तो खान। फर्सिको तरकारि, सिमि बोडिको दाल र बिर्सिनसक्नुको त्यो काक्राको अचार् , त्यस्तो मिठास् को भोजन् जिब्रो बाट कहिल्ले हटेन। सायद त्यहा स्वाद् मात्र थिएन पित्री प्रति को अगाध आस्थाको चेत कतै बाट घुसिसकेको पो थियो कि ! दशै बिदा शुरु हुने दिन स्कुल को रौनक नै बेग्लै । घर बाट कमेरो , रातोमाटो ल्याउने जिम्मा पहिले नै बाडिएको हुन्थ्यो क्लास को मोनिटर मार्फत्। आफ्नो क्लास् त लिपपोत गरेर चिटिक्क पार्नु नै थियो सङ्गै स्कुल वरिपरि को सरसफाइ , झार पात हरुको बडार कुडार को कामपनि सबैलाइ बाडिएको हुन्थ्यो। प्राय केटि मान्छे हरुको भागमा लिपने काम हुन्थ्यो भने केटा हरुको काम् ...

घण्टाघर ब्लुज !

त्यस्तै 3 बजेको हुदो हो ।घन्टाघर ले पुन आफ्नो ड्युटी छाडेन।हात मा भएको घडी फिक्का थियो उसको अगाडि ।कहिलेकाहीँ त्यो रोकिन्थ्यो ब्याट्री सकिएपछी तर घण्टाघर रोकिएको मलाइ याद थिएन ।तसर्थ हाम्रो समय उसकै गतिमा चलेको थियो या हामि घण्टाघरको गतिमा म ठ्याक्कै भन्न असमर्थ छु। सीतादिदि कोमा कालो चिया नखाइ कसरी निस्कनु क्याम्पस बाट।आज पनि म त्यही ध्याउन्न मा बाताबरण बिभाग को भर्याङ्ग उक्लैद थिए ।रसायनशस्त्र छेउ को गल्लिमा नपुग्दै उ सङ्ग जम्का भेट भयो  ।मेरो गन्तब्य माथिल्लो तला मा रहेको बाताबरण बिभाग थियो ।जहा थिइन् हामीसबै को सीता दिदि ।त्यो बिभाग को सहायक कर्मचारी ।घर काठ को कुनै बिकट गाउँ ।शिक्षा SLC या सो सरह हुनुपर्छ । ब्यबाहार् र बुझाइ  पर्माणपत्र ले मापन् गर्न सक्दैन रहेछ सायद् उदाहरण् सिता दिद्दि थीइन् ।कहिले हरेश् नखाने दिदि। कमुनिस्ट समर्थक भएकै कारण् यता उता सरुवा भैरहेन्थ्यो उनको । घरि पुसतकालय् , घरि क्याम्पस् प्रमुख् को चिया बनाउने कोठा, घरि स्वबियु को पत्र बाड्ने ठाउ । उ मेरो जुनियर थियो ।यसर्थ मा उ क्याम्पस छिर्नु भन्दा करिब 3 बर्श अघि देखि म त्यही हल्ली रहेको थिए ।पढा...

Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1

Beyond The Sky: बुडापेस्ट कि सेट्ला@1 : उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भन...

बुडापेस्ट कि सेट्ला@1

उ सङ्ग पहिलो भेट क्रीसमस को एउटा पार्टिमा भएको हो ।धुम्म बादल लागेको साझ सेता हिउका दाना गुलाबी ज्याकेट बाट टक्टकाउदै दाहिने हात बडाउदै भनेकी थिइ आइ अम सेट्ला फ्रम हङ्गेरी ! मैले उसको भुगोल प्रती थप उत्सुकता जनाउन सामाजिक बिशय घोकेका राजधानीहरु को स्मरण गर्दै भनेको थिए आइ सि आइ सी ,आर यु फ्रम बुडापेस्ट ? मेरो झटारो सहि ठाउमा लागेको मा मख्ख हुनै नपाउदी दुखी बनेको थिए जब उसले भनेकी थिइ ,नेपाल? सरि आइ ड्न्ट नो अबाउट योअर कन्ट्री । कम्तिमा सगरमाथा को देश भनेर त चिन्छ्न मेरो देश भन्ने मेरो घमण्डता ले हाबा खाएको थियो पहिलोपल्ट ! क्रीश्मस ट्री ले सझिएको पार्टी हल रङ्गिन बत्तिहरु ले झकमक्क थियो। सबै जसो जोडिहरु हातमा वाइन को ग्लास बोकेर मधुरो म्युजिक को तालमा आफ्नै शुरमा कम्मर मर्काउदै थिए ।म भने कुनै एउटा कुनो को खोजिमा थिए जहाँ बसेर आन्न्दले पिउन पाइयोस ।मान्छे सङ्ग को परिचय र फेरि मेरो देशको बारे सोधिने हिमाल र गौतम बुद्दको बारे  अल्पज्ञानको बडाइ चडाइ बखान गर्नु आफैमा अरुचिकर लागिरहेको थियो। केही भारतिय अनुहारका मान्छेहरुको टेबल लाइ क्रस गर्दै पुछारको टेबुलमा पाइला चाल्दै गर्दा ...

भुकम्प ले नहल्लिएका मन हरु !

http://setopati.com/blog/ कस्तो असमान कम्पन ! कस्तो असमान हल्लाइ ! सायद यसपालि को भुकम्प अलिक पुर्बाग्रहि त भ ​ एन ? या कसैले पिएका थिए कम्पन प्रतिरोधि दबाइ ! अथवा पुस्तौ देखि पीइएको खुन र पसिना बास्तबमै आनुबम्शिक त भ ​ एन जसले बनायो तिनका जिन हरु लाइ भुकम्प प्रतिरोधि। या ति मन हरु पहिले देखि नै डा. सिटौला नाम का ज्योतिश का भगत थिए ? प्रश्न बास्तबमै गम्भिर छ्न त्यत्तिकै काल्पनिक पनि। आज मानिसहरु यस्तै त्यस्तै कुरा हरु मनन गर्दै छ्न किनकि हाम्रो समाज मा समयक्रममा यतिधेरै पात्र हरु सिर्जना भ ​ ए जो कानुन भन्दा माथि , सामान्य नागरिक भन्दा माथि तिनै नागरिक हरुको स्रोत माथि को दोहन मा यत्र तत्र बिराज मान गर्दै   त्जसको अन्त्य दुर्घटना या प्रकोप बाहेक अन्यथा सम्भब थिएन। बिडम्बना यसपालिको भुकम्प अलि पुर्बाग्रहि बनेर आइदियो र ति सबै शकुसल रहे। परापुर्बकाल देखि भाज्ञ्ा बाद( fatalism)   मा अभ्यस्त नेपालि समाज दुर्जन हरुको अन्त्य समय क्रम मा आफै कुनै...
Image
 मेरो देश मेरो देश कुनै जिबशात्रिको क्रुर प्रयोगशाला जस्तो नबनोस जहाँ चिरिन्छन सयौ मुसाहरु पिलाइन्छ थरी थरी को औषधी सयौ जिबन को अन्त्यपछी तयार गरिन्छ सोध र शुरु हुन्छ त्यही शोध को ब्यापार !
Image
घन्टाघर वरपर घुमेको सपना
Image
रोकियो समय ! आकाश पाताल जस्तै फरक थियो तिमी बाचेको र म बाचिरहेको समय तर अफसोच कतै टक्क रोकियो घडी र एउटै बनयो त्यो काल र यो पल । हो मेरो पुर्खा ! घडी रोकिनु भन्दा पहिला तिमिले खनेका खोरिया झाडी बने तिम्रा पाइतला ठोक्किएका ढुङ्गा गाउमा डोजर पस्दा पुरिए त्यो पारिको तारे भिर त्यो अक्करे डाडा जता कतै चिरिए पत्याउ या नपत्याउ तलको बहुलाहा खोलामा बाध हालियो खोइ के जादु चलाइयो झिलिमिली बत्ती बालियो गाउमा मोटर गुडे गाउँ- घर बने घर -डेरा बने कत्ती फेरिएको थियो है समय? कत्ती फेरिएका थिय है सम्बन्ध ? अलि अलि फेरिदै थिए मन हो पुर्खा ! शिरीष फुल्दै गरेको कुनै दिन मध्यान्ह बार नब्जदै धरहरा ढल्यो त्यही फेदमा क्यान्भास रङ्गाउदै गरेका शिल्पी हरु पुरिए तप तप चुहिएका रगत ले लत्पत्तिए ती अपुरा क्यान्भास मन्दिर ढले तर ती देब देबि मौन बसे र सुनिरहे चीत्कार त्यति नै बेला रोकियो सुइ घण्टाघरको हो पुर्खा त्यही बेला देखि एउटै बन्यो तिमी बाचेको र म बाचिरहेको समय ।# सम्पुर्ण नेपाली हरुको प्रकृति बिपद सङ्ग जुध्ने साहस प्रती समर्पित !